बुद्धिकर्ण राय खेवाङ

बुद्धिकर्ण राय खेवाङ लिम्बुवान को एक राज्य मोरङका प्रधानमन्त्री र अन्तिम लिम्बु राजा थिए। जब मोरङ्गका राजा कामदत्त सेन मारिएका थिए, तब बुद्धिकर्ण राय खेवाङले आफूलाई प्रधानमन्त्रीबाट राजा घोषणा गरेका थिए। उनी फेदाप राज्यका राजा मुरै हाङ खेवाङका वंशज हुन्। मुरै हाङ मोरङको प्रधानमन्त्री भएदेखि उक्त पद खेवाङरूमा वंशाणु भएको थियो। उनी प्रधानमन्त्री विचित्र चन्द्र राय खेवाङको पुत्र हुन्। उनी बिजयपुरका सुब्बा पनि थिए। मोरङ राज्य त्यस समय सप्तकोशी नदीदेखि मावा खोला सम्म थियो र अहिलेको पूर्वी तराईका ३ जिल्ला: सुनसरीमोरङ र झापाजिल्ला। उनी वि.सं. १८३३ मा मारिए। हालको बुढा सुब्बा मन्दिर यिनै राजाको थान हो। स्थानिय मान्छन कि राजा बुद्धिकर्ण एक असल र सहयोगी राजा (राजा लाई लिम्बु भाषा: मा सुब्बा, हाङ भनिन्छ ) भएकोले उनको थान बिजयपुरमा स्थापना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *